११ पुस काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटका विजेता र उपविजेता दुवै टिमका खेलाडीलाई आफनो गृह जिल्लामा नगदसहित सम्मान गरेका छन् ।
सम्मानित हुने खेलाडीहरुमा जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र सुदृरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखलाई आफनो जन्मभूमी पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको हो । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका शेख दाजुभाई फरक–फरक टिमबाट सहभागी भएका थिए ।
वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएको हो ।
जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताए । त्यस्तै सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।