Logo

बुधवार, श्रावण १३ गते २०८३

ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

जोईन खबर

१३, बैशाख २०८०
  • 640
    SHARES
  • ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

    १३ बैशाख काठमाडौ। ईङवा हाइड्रोपावर लिमिटेडले आज बुधबार देखि सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशनमा ल्याएको छ ।

    images

    कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख शेयर निष्काशनमा ल्याएको हो । १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी ३ लाख ६ हजार ८४० कित्ता बाँडफाँट गरिसकेको छ ।

    २ प्रतिशत अर्थात २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७४ हजार ६५८ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको १२ लाख ६८ हजार ६३९ कित्ता शेयर सर्व साधारणको लागि निष्काशनमा ल्याएको हो ।

    कम्पनीले निष्काशन गरेको आईपीओमा बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे बैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैकिङ्ग लिमिटेड रहेको छ भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबलबी इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।

    444.png

    कम्पनीले प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित स्थानिय र २० प्रतिशत सर्वसाधारणको लागि गरी ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेर चुक्ता पूँजी ६० करोड रुपैयाँ पुर्याउन शेयर निष्काशन गर्नु परेको जनाएको छ ।
    कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको रकम वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न प्रयोग गरिने जनाएको छ ।गत आर्थिक वर्ष पनि कम्पनी १ करोड १३ लाख ८१ हजार रुपैयाँ नोक्सानी ब्योहोरेको थियो ।

    चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ३५ पैसा पुग्ने अनुमान गरिएको छ ।आर्थिक वर्ष २०८१/८२ सम्ममा भने कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ २६ पैसा पुग्ने अनुमान रहेको छ ।

     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १३:२७:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको