Logo

मंगलवार, श्रावण १२ गते २०८३

सरकारले नियमित  संसद अधिवेशन नबोलाए  प्रतिपक्षी दलहरूले दबाब दिने निर्णय

सरकारले नियमित  संसद अधिवेशन नबोलाए  प्रतिपक्षी दलहरूले दबाब दिने निर्णय

जोईन खबर

२, माघ २०८१
  • 763
    SHARES
  • सरकारले नियमित  संसद अधिवेशन नबोलाए  प्रतिपक्षी दलहरूले दबाब दिने निर्णय

    २ माघ काठमाडौँ । अब सरकारले संसद अधिवेशन  नबोलाए प्रतिपक्षी दलहरूले   दबाब दिने निर्णय गरेका छन् ।नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकको छलफलले दबाब दिने निर्णय गरेको हो ।

    images

    सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।

    बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।विपक्षी दलहरुको बैठक बिहीबार पुनस् बस्नेछ । ।

     

    प्रकाशित मिति :माघ २, २०८१ बुधवार - १२:३१:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको