Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालमै सामसङ टेलिभिजनको उत्पादन सुरू

नेपालमै सामसङ टेलिभिजनको उत्पादन सुरू

जोईन खबर

१३, बैशाख २०८०
  • 697
    SHARES
  • नेपालमै सामसङ टेलिभिजनको उत्पादन सुरू

    १३ बैशाख काठमाडौ। नेपालमै सामसङ टेलिभिजनको उत्पादन सुरू भएको छ। घराना व्ययवसायी गोल्छा ग्रुपसँगको सहकार्यमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको हो। गोल्छा ग्रुपका अनुसार अब ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन नेपालमै बन्ने छ। अहिले फ्याक्ट्रीमा एक सयभन्दा बढीले रोजगारी पाएका छन्। त्यस्तै, पूर्ण क्षमतामा टेलिभिजन उत्पादन सुरू हुन थालेपछि एक हजार बढीले रोजगारी पाउने कम्पनीले बताएको छ।

    images

    golchha_samsung.jpg
    नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसेको सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले बताए। यो कार्यले देशको अर्थतन्त्रमा सकारात्मक सन्देश दिने गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखेर गोल्छाले बताए। सामसङले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तैः रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री–वितरण गर्दै आएको छ।

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - २१:००:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको