१४ बैशाख काठमाडौ। नेपालीमा सुनको मूल्य घटेको छ ।आज तोलाका एक सय रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको थियो।तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ।