Logo

बुधवार, श्रावण १३ गते २०८३

एमालेबाट निष्कासित भएका रावललाई सहयोग गरेको भन्दा पूर्वमन्त्रीसहित २ जना कारबाहीमा परे

एमालेबाट निष्कासित भएका रावललाई सहयोग गरेको भन्दा पूर्वमन्त्रीसहित २ जना कारबाहीमा परे

जोईन खबर

६, माघ २०८१
  • 1.1K
    SHARES
  • एमालेबाट निष्कासित भएका रावललाई सहयोग गरेको भन्दा पूर्वमन्त्रीसहित २ जना कारबाहीमा परे

    ६ माघ काठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएका भीम रावलको स्वागतमा खटिएका प्रदेशका पूर्वमन्त्रीसहित २ जना कारबाहीमा परेका छन्।

    images

    नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारवाही गरेको छ।

    शनिवार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई जिम्मेवारीबाट हटाउँदै पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    पूर्वमन्त्री कृष्णराज सुवेदीलाई पनि संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीले जनाएको छ ।उनीहरू एमालेमा भीम रावल निकट मानिँदै आएका थिए । 

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १४:५५:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको