Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दियो

नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दियो

जोईन खबर

७, माघ २०८१
  • 673
    SHARES
  • नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दियो

    ७ माघ काठमाडौँ । आईसीसी यू-१९ महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ ।बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो ।

    images

    नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् ।नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २(२ विकेट लिएका छन् ।

    प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - १४:२६:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको