Logo

बुधवार, श्रावण १३ गते २०८३

सहकारीमा तरलता सन्तुलित बन्दै

सहकारीमा तरलता सन्तुलित बन्दै

जोईन खबर

१४, बैशाख २०८०
  • 649
    SHARES
  • सहकारीमा तरलता सन्तुलित बन्दै

    १४ बैशाख काठमाडौ। सहकारी संस्थाहरुको तरलता सन्तुलन हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर घटेसँगै सहकारीमा बचत बढ्न थालेको हो ।विगत डेढ  वर्षदेखि सहकारी क्षेत्रमा तरलता अभाव भएकै कारण धेरै सहकारी धरासायी हुनुपर्ने अवस्था सिर्जना भएको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले बताए ।

    images

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीको खराव कर्जाको औषत  बढेको छ ।सहकारीहरु पनि लगानीलाई व्यवस्थापन गर्दै सुधार हुँदैछन् । बिग्रदो अवस्थाबाट सहकारी क्षेत्रलाई कसरी जोगाउन सकिन्छ भन्नेमा सहकारीकर्मीहरु लागेका छन् । सहकारीको लगानी अनुत्पादन क्षेत्रमा बढी हुँदा ठूलो क्षति व्यहोर्नु परेकाे छ ।

    सहकारी पुरानो अवस्थामा पुग्नको लागि समय लाग्न सक्नेछ । विस्तारै अवस्था सुधार हुँदै छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदरको सहकारीसंग अन्तर सम्बन्ध रहेको हुन्छ । बैंकको ब्याजदर घट्दा सहकारीमा विस्तारै बचत भित्रन थालेको पौडेलको भनाई छ ।

     

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १२:५२:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको