Logo

बिहिवार, श्रावण १४ गते २०८३

दुई प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस चौधरी र पाण्डे !!!!!

दुई प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस चौधरी र पाण्डे !!!!!

जोईन खबर

१४, बैशाख २०८०
  • 784
    SHARES
  • दुई प्रदेशमा  मुख्यमन्त्रीमा दाबी पेस चौधरी र  पाण्डे  !!!!!

    १४ बैशाख काठमाडौ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि डिल्लीबहादुर चौधरी र गण्डकी प्रदेशको  मुख्यमन्त्रीका लागि सोमप्रसाद पाण्डेले दाबी पेस गरेका छन् ।

    images

    दाङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यमा निर्वाचित उनले कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

    नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीका लागि ३५ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् ।

    दिउँसो साढे ३ बजे बजे कांग्रेसका पाण्डेले तीन दलका ३५ जना सांसदसहित आफूलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतका आधारमा मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी पेस गरेका हुन् ।प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाएका छन् ।

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १६:२३:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको