Logo

बिहिवार, श्रावण १४ गते २०८३

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा शपथ ग्रहण गरे !!!!

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा शपथ ग्रहण गरे !!!!

जोईन खबर

१५, बैशाख २०८०
  • 652
    SHARES
  • लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा शपथ ग्रहण गरे !!!!

    १५ बैशाख काठमाडौ।लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र मन्त्रीहरु धनबहादुर मास्की राना, धर्मबहादुर चौधरी र  सन्तोष पाण्डेलाईतीन जना बिना विभागीय मन्त्रीहरुले शपथ लिनुभएको हो । 

    images

     प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभएको हो ।बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । 

    मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४  जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ , राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एक  र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थनबाट मुख्यमन्त्री भएका हुन्।

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १४:१२:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको