Logo

मंगलवार, श्रावण १२ गते २०८३

लमहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा : आज  नेपाल पुलिस क्लब र कर्णाली प्रदेश  भिड्दै 

लमहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा : आज  नेपाल पुलिस क्लब र कर्णाली प्रदेश  भिड्दै 

जोईन खबर

१२, चैत्र २०८१
  • 940
    SHARES
  • लमहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा  : आज  नेपाल पुलिस क्लब र कर्णाली प्रदेश  भिड्दै 

    १२ चैत काठमाडौँ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आजको खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच हुदै छ । खेल लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दुई टीम बीच बिहान ९ बजेपछि खेल शुरु भएको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लब र पाँचौं स्थानमा रहेको कर्णाली प्रदेश टीम बीच खेल हुन लागेको हो ।

    images

    अहिलेसम्म ७ खेल खेलीसकेको पुलिस क्लब ७ खेलमा सतप्रतिशत जीत निकाल्दै १४ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ८ खेल खेलीसकेको कर्णाली प्रदेश ४ खेलमा जीत र ४ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ ।कर्णाली प्रदेशमा कप्तान दिवान पुनसँगै रविन्द्र शाही, सुनिल धमला, निश्चल रावल, विपिन रावल, दीपेन्द्र रावत, अर्जुन घर्ती, हिमांशु जोशी, दिनेश अधिकारी, प्रकाश जैशी, अनुज चनारालगायत खेलाडी छन् ।

    नेपाल पुलिसमा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै कुशल भुर्तेल, अमित श्रेष्ठ, रासिद खान, आरिफ शेख, गुल्सन झा, शंकर राना, दीलिप नाथ, करण केसी, सागर ढकाल, ललितनारायण राजवंशीलगायत खेलाडी छन् ।फाईनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।

    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - १०:४१:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको