Logo

बुधवार, श्रावण १३ गते २०८३

आत्मनिर्भर लघुवित्तको वित्तीय अवस्था कस्तो?

आत्मनिर्भर लघुवित्तको वित्तीय अवस्था कस्तो?

जोईन खबर

१७, बैशाख २०८०
  • 721
    SHARES
  • आत्मनिर्भर लघुवित्तको वित्तीय अवस्था कस्तो?

    १७ बैशाख काठमाडौ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।२७.६४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.१९ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३७.५५ प्रतिशत घटेको छ। लघुवित्तको कुल सञ्चालन मुनाफा २०.४० प्रतिशत र सञ्चालन मुनाफा ४३.०९ प्रतिशत घटेको छ।नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १०० रुपैयाँ २८ पैसा घटेर ९५ रुपैयाँ ४० पैसामा झरेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ४.४ प्रतिशतबाट बढेर ७.७१ प्रतिशत पुगेको छ।

    ooo.jpg

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १६:१२:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको