Logo

बुधवार, श्रावण १३ गते २०८३

भारत बाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारत बाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

जोईन खबर

१९, बैशाख २०८०
  • 712
    SHARES
  • भारत बाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    १९ बैशाख काठमाडौ।भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । भारतबाट नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३३ पैसा, डिजेल ४ रुपैयाँ ११ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँस पनि प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँले घटेको छ ।

    images

    भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने भाउ घटाउनेबारे  निर्णय गरिसकेको छैन । हरेक १५–१५ दिनमा आइओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउने गर्दछ । हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेलको १ सय ६५ रुपैयाँ, हवाई इन्धन १ सय ६० रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

     

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १६:१६:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको