काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले १६ जनालाई प्रदेशसभा सदस्यमा मनोनीत गरेका छन् ।
सभापति बानियाँले आइतबार पार्टी विधानको धारा १३ को उपधारा ६ (झ) बमोजिम प्रदेशसभा सदस्यमा मनोनीत गरेको पार्टी वाग्मती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालद्वारा जारी प्रेश विज्ञप्तिमा जनाइएको छ ।
सभापति बानियाँले निमा लामा, कृष्णलाल भँडेल, सन्तबहादुर प्रजा, प्रभात तामाङलाई सदस्यका रूपमा मनोनीत गरेका छन् । यस्तै, कल्पना नेपाली, तिलकप्रसाद रुवाली, छिरिङ दोर्जे लामा, अर्जुन न्यौपाने, कैलाश कोइराला, राजु खरेल, गौरी दवाडी, रमेशकुमार बखती, हरिहर अधिकारी, राजेश महर्जन, प्रभुराम श्रेष्ठ र भगवतीकुमारी खड्कालाई मनोनीत गरिएको छ ।
