Logo

मंगलवार, कार्तिक ११ गते २०८३

काठमाडौंबाट गोरखा जादै गरेको  माइक्रो गजुरीमा दुर्घटना हुदा ५जना घाइते 

काठमाडौंबाट गोरखा जादै गरेको  माइक्रो गजुरीमा दुर्घटना हुदा ५जना घाइते 

जोईन खबर

२५, जेठ २०८२
  • 1.6K
    SHARES
  • काठमाडौंबाट गोरखा जादै गरेको  माइक्रो गजुरीमा दुर्घटना हुदा ५जना घाइते 

    २५ जेठ काठमाडौँ । काठमाडौँबाट गोरखा आउँदै गरेको माइक्रो धादिङको गजुरीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।  काठमाडौंबाट गोरखा आउँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो  पुथ्वी राजमार्गको गजुरी गाउँपालिका–५ गलौदीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    images

    घाइते हुनेमा तनहुँको बन्दिपुर गाउँपालिका–४ बस्ने ४६ वर्षीय सुकमाया परियार, आँबुखैरेनी–१ बस्ने १८ वर्षीय मन्जु परियार, माइक्रोका सहचालक तनहुँको भानु नगरपालिका–८ बस्ने बर्ष २५ वर्षीय कृष्ण परियार, गोरखाको पालुङटार नगरपालिका–५ का १७ वर्षीय सक्षम राजभाट र लमजुङको राइनस गाउँपालिका–६ का ७० वर्षीया हरिमाया परियार रहेका छन्।

    images
    images
    images

    घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले  जनाएको छ। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ। माइक्रो चालक लमजुङको राइनस गाउँपालिका–६ का ३७ वर्षीय ज्ञानमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।  घटना बारे थप अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १७:२४:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको