२ असार काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०का सांसद शक्तिबहादुर बस्नेतले सरकारले घोषणा गरेबमोजिम छिटै भिजिट भिसासँग सम्बन्धित समस्या समाधानका लागि छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद बस्नेतले ३० दिन भनिएपनि अब केही दिनभित्रै छानविनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गर्नुभएको हो ।
उहाँले भिजिट भिसाको विषय आम जनताको सरोकारको विषय बन्दै गएकोले सरकारले गरेको प्रतिवद्धताअनुसार तत्काल काम शुरु गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नागरिकता विधेयक, निजामती सेवासम्बन्धी विधेयकसँग बजेटका कयौं महत्वपूर्ण विषयहरुमा पनि छलफल गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षी दल लगायतसँग गरिएको प्रतिवद्धता केही दिनभित्रै सम्बोधन गर्दै जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतले सरकारलाई आग्रह गर्नुभयो ।