Logo

बुधवार, श्रावण १३ गते २०८३

सरकारी खाता  आज राति १२ बजेदेखि  एक साताका लागि रोक्का 

सरकारी खाता  आज राति १२ बजेदेखि  एक साताका लागि रोक्का 

जोईन खबर

२५, आषाढ २०८२
  • 952
    SHARES
  • सरकारी खाता  आज राति १२ बजेदेखि  एक साताका लागि रोक्का 

    २५ असार काठमाडौँ । सरकारी खाता आज राति १२ बजेदेखि सबै एक साता सम्मका लागि रोक्का गरिने छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने  छ ।

    images

    चालु आर्थिक वर्ष २०८१र८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो। आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र),एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुने छन्।आर्थिक वर्ष सकिनु एक साताअगावै सरकारी खाता रोक्का गर्नुपर्ने भनेर कानुनमा उल्लेख छ। आज रातिदेखि अत्यावश्यक प्रयोजनबाहेक कुनै पनि खर्चको भुक्तानी हुँदैन।

    यो कानुनमा राखिएको विषय भएकाले प्रलेनिका र कोलेनिकालाई खाता रोक्काका लागि परिपत्र गरिएको छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारी छ। यो अवधिसम्ममा चालु शीर्षकतर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - ११:५३:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको