२९ असार काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका एक शिक्षकमाथि आफ्नै छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोप लागेपछि स्थानीयले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका छन्।
विद्यालयका सामाजिक शिक्षा शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखिएको सन्देश पठाएको भन्दै विद्यार्थी र अभिभावक आक्रोशित बने पछि अहिले विद्यालय क्षेत्र तनवग्रस्त बनेको छ ।
उक्त घटनापछि साहमाथि कुटपिटसमेत भएको हो । आइतबार विद्यालय परिसरमै आक्रोशित भिडले तोडफोड गर्न थालेपछि प्रहरीलाइ खबर गरिए पछि घटनास्थल प्रहरी पुगी भिडलाई सामान्य पारेका हुन् ।
भिड नियन्त्रण गर्न प्रहरीले एक राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।इलाका प्रहरी कार्यालयले शिक्षक साहलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।