१६ साउन काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन्।
खनालले निरन्तर पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै अध्यक्ष नेपालले उनीसँग अब पार्टीमा बस्ने नैतिक अधिकारसमेत नरहेको बताए।शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘उहाँलाई पार्टीबाट बिदा गरिदिनुपर्छ। यो पार्टीमा बस्ने ठाउँ नै रहेन।
नैतिक अधिकारै छैन। अहिले खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ।खनालले पार्टीको संस्थागत निर्णयको बारम्बार उल्लंघन गरेको आरोप लगाउँदै नेपालले थपे, ‘संस्थागत निर्णयको उल्लंघन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ। उनले संविधान र कानुनले कसैलाई पार्टी परिवर्तन गर्न नरोक्ने बताए।