Logo

मंगलवार, श्रावण १२ गते २०८३

हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

जोईन खबर

१७, कार्तिक २०८२
  • 472
    SHARES
  • हर्मीत सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

    १७ कार्तिक काठमाडौँ । सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।यससँगै हर्मीतले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।

    images

    आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हर्मीतको आगमनले टिम झनै बलियो बनेको छ। उनीबाट गत सिजन जस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं।’

    ३२ वर्षीय हर्मीत बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन् ।

    स्मरण रहोस्, हर्मीत सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् ।सुदूरपश्चिम रोयल्सको टोलीः दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मीत सिंह
    मुख्य प्रशिक्षकः जगत टमटा

    प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - १०:२४:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको