२४ बैशाख काठमाडौ।ठूला दलका नेताहरुलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिए राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफूहरुलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरुलाई लुटेराको छाउरा भनी टिप्पणी गरेका हुन् ।
आइतबार काठमाडौँमा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरुलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनी समेत दिए ।पूर्वअध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्म रहेको र आफूहरु पूर्वअध्यक्ष लोहनीले योगमाया न्यौपाने नेपालमा महिला हक, अधिकारबारे बोल्ने पहिलो महिलायोद्धा भएको स्मरण गराउन उनको पथ अनुशरण गरेर अघि बढ्न पनि पार्टीका महिला नेता, कार्यकर्तालाई सचेत गराए ।