Logo

मंगलवार, श्रावण १२ गते २०८३

बारपाक सुलिकोटको छैटौँ रनिङ शिल्डको उपाधि  हिमालय मावि बारपाकलाई

बारपाक सुलिकोटको छैटौँ रनिङ शिल्डको उपाधि  हिमालय मावि बारपाकलाई

जोईन खबर

२, मंसिर २०८२
  • 865
    SHARES
  • बारपाक सुलिकोटको छैटौँ रनिङ शिल्डको उपाधि  हिमालय मावि बारपाकलाई

    २ मंसिर काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाद्वारा आयोजित छैटौँ बारपाक सुलिकोट रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड अन्तर–विद्यालयीय खेलकुद प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा गाउँपालिका भित्रका १४ विद्यालयको सहभागिता थियो। छात्र–छात्रा एथलेटिक्स, कबड्डी र भलिबल गरी ३० इभेन्टमा प्रतिस्पर्धा भएको गाउँपालिकाले जनाएको छ।

    images

    583108607_1238904178264453_3099553398272858813_n.jpg

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै हिमालय माध्यमिक विद्यालय, बारपाक समग्र च्याम्पियन बन्न सफल भयो। शिक्षा शाखाकी पवित्रा शर्माका अनुसार विद्यालयले ११ स्वर्ण, ९ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पारेको हो। विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ।

    582585473_1238902648264606_5663595150150164548_n.jpg

    यसैगरी, ताकुकोटस्थित सूर्यज्योति माध्यमिक विद्यालयले ८ स्वर्ण, ८ रजत र ६ कास्य पदकका साथ उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्‍यो।
    स्वाँरा स्थित माँझथर माध्यमिक विद्यालयले ८ स्वर्ण, ७ रजत र ५ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गर्‍यो।

    584308568_1238903048264566_5831658077224722876_n.jpg

    प्रतियोगिता प्रतिस्पर्धात्मक तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको प्रतिनिधिहरूले बताएका छन्। विद्यालयले विभिन्न प्रतियोगितात्मक विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै ८ स्वर्ण, ७ रजत र ५ कास्य पदक प्राप्त गरेको थियो। खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा विकास, अनुशासन, आपसी सहयोग र मित्रता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयहरूका प्रतिनिधिहरूले बताएका छन्।

    584308568_1238903048264566_5831658077224722876_n.jpg

    प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - १४:२१:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको