Logo

मंगलवार, श्रावण १२ गते २०८३

शहिद लखनमा स्त्रीरोग तथा क्यान्सर परीक्षणको निःशुल्क स्वास्थ्य शिविर सुरु

शहिद लखनमा स्त्रीरोग तथा क्यान्सर परीक्षणको निःशुल्क स्वास्थ्य शिविर सुरु

जोईन खबर

७, मंसिर २०८२
  • 838
    SHARES
  • शहिद लखनमा स्त्रीरोग तथा क्यान्सर परीक्षणको निःशुल्क स्वास्थ्य शिविर सुरु

    ७ मंसिर काठमाडौँ । गोरखाको शहिद लखन गाउँपालिका वडा न –७ बुंकोटमा स्त्री रोग, पाठेघर तथा स्तन क्यान्सरसहित विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा परामर्श प्रदान गर्ने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। हाम्रो सहारा फाउण्डेशनको आयोजनामा र वडा कार्यालयको समन्वयमा शनिवारदेखि सुरु भएको शिविर आज पनि निरन्तर चलि रहेको छ । उक्त शिविर बुंकोट स्वास्थ्यचौकीमा सञ्चालन भइरहेको छ ।

    images

    587705416_25428819420047093_4478641852465553095_n.jpg

    शिविरमा १ सय ५६ जनाले स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्यचौकी प्रमुख बिमला पुलामीका अनुसार पहिलो दिन ५७ जना महिलाको स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण गर्दा जसमा ६ जनामा क्यान्सरको जोखिम देखिएको छ । त्यस्तै, १ सय ४३ जनाको आँखाको जाँच गरिँदा ५ जनामा मोतियाविन्दु देखिएको जानकारी दिइएको छ। यसैगरी, ९२ जनाको भिडियो एक्स–रे गरिनुका साथै आवश्यक पर्ने बिरामीलाई निःशुल्क औषधि वितरण पनि गरिएको छ।

    587819890_25428819363380432_5491273033754544437_n.jpg

    शिविरको औपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले गरेका हुन्, भने वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा उद्घाटन  गरिएको थियो । हिजो उद्घाटन भएको शिविर कार्यक्रममा गोरखा जिल्ला अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. प्रनिश पोखरेल,नेशनल क्यान्सर केयर फाउण्डेशनकी कार्यकारी निर्देशक डा.सरिता,हाम्रो सहारा फाउण्डेशन गोरखाकी अध्यक्ष कल्पना श्रेष्ठ,पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतका व्यक्तिहरूले स्वास्थ्य शिविरको आवश्यकता र महत्वबारे मन्तव्य राखेका थिए। सहयोगी संस्थाहरूको समन्वयमा सञ्चालन भइरहेको यो निःशुल्क स्वास्थ्य शिविर आजसम्म निरन्तर चलि रहने छ ।

    587923694_25428820660046969_9053989084755480221_n.jpg587548566_25428820256713676_6486383609662748044_n.jpg588429375_25428819680047067_4011081864173102312_n.jpg588559167_25428821716713530_6622283951968921590_n.jpg587746044_25428822056713496_7611207848076980620_n.jpg

    587769846_25428822010046834_8077154822422412374_n.jpg

    प्रकाशित मिति :मंसिर ७, २०८२ आइतवार - १५:३६:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको