Logo

शुक्रवार, भाद्र २६ गते २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य

जोईन खबर

११, मंसिर २०८२
  • 616
    SHARES
  • नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य

    ११ मंसिर काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत टीयू क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सका लागि १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमै १४३ रनमा अलआउट भयो।

    images

    टपअर्डरले मध्यम सुरुआत गरे पनि मिडल तथा लोअर अर्डरका ब्याटरहरू एकपछि अर्को गिरेपछि टोली निर्धारित २० ओभर पूरा गर्न नसक्ने अवस्थामा पुग्यो।लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे। त्यस्तै दीलिप नाथले ३१ रन बनाए भने डार्सी सर्ट र सुमित महर्जनले समान १८–१८ रनको योगदान दिए।

    गुल्वदिन नाइव ११, सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेक गौतम ६ रनमै आउट भए। तिलक भण्डारी र रुवेन ट्रम्पेल्मेन खाता खोल्न पनि सकेनन्।बलिङतर्फ सुदूरपश्चिमका पेसरहरू एकदमै प्रभावकारी रहे। अभिनास बोहरा, हेमन्त धामी र स्कट कुगेलेइजनले समान ३–३ विकेट लिए भने स्पिनर हर्मित सिंहले पनि ३ विकेट आफ्ना नाममा गरेका छन्।अब सुदूरपश्चिम रोयल्सले जितका लागि १४४ रनको लक्ष्य पछ्याइरहेको छ।

    प्रकाशित मिति :मंसिर ११, २०८२ बिहिवार - १३:४२:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको