Logo

मंगलवार, श्रावण १२ गते २०८३

रुस र युक्रेनबीच टर्कीमा वार्ता

रुस र युक्रेनबीच टर्कीमा वार्ता

जोईन खबर

१५, चैत्र २०७८
  • 916
    SHARES
  • रुस र युक्रेनबीच टर्कीमा वार्ता

    इस्तानाबुल । रुस र युक्रेनबीच आज वार्ता हुँदैछ । छलफल टर्कीको राजधानी इस्तानबुलमा हुनेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि आफू तटस्थ रहन तयार भएको बताएको भोलिपल्ट नै रुसले छलफलका लागि तयार रहेको बताएको थियो ।

    images

    छलफलका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीस समकक्षी रिसेप तैयप एर्दोगानसँग कुराकानी समेत गरेको बताइएको छ । वार्तामा सहभागी हुन रुस र युक्रेनका अधिकारी इस्तानबुल पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याले जनाएका छन् । इस्तानबुलमा हुने कुराकानीलाई महत्वका साथ हेरिएको छ। रुस र युक्रेनबीच हालसम्म भएको कैयन् चरणको वार्ताबाट ठोस निष्कर्ष निस्कन सकिएको छैन ।

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ११:०१:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको