२५ बैशाख काठमाडौ।सोमबार सुनको मूल्य बढेकाे छ भने चाँदीको मूल्य स्थिर रहेको छ । यसदिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आईतबार छापावाला सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा र तेजावी सुन एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।आज चाँदीको मूल्य स्थिर भएको छ । चाँदीको मूल्य आइतबार कै मूल्य एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भएको छ ।