Logo

मंगलवार, श्रावण १२ गते २०८३

देउवाको चेतावनी : पार्टी फुटे फुटोस् , सभापतिबाट राजीनामा दिन्नँ

देउवाको चेतावनी : पार्टी फुटे फुटोस् , सभापतिबाट राजीनामा दिन्नँ

जोईन खबर

३०, पौष २०८२
  • 607
    SHARES
  • देउवाको चेतावनी : पार्टी फुटे फुटोस् , सभापतिबाट राजीनामा दिन्नँ

    ३० पुस काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको असन्तुष्टि चर्किँदै जाँदा कडा अभिव्यक्ति दिएका छन्। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै देउवाले “पार्टी फुटे फुटोस्, म सभापतिबाट राजीनामा दिने वाला छैन” भन्ने चेतावनी दिएका हुन्।

    images

    पार्टीको पछिल्लो आन्तरिक बैठक तथा अनौपचारिक छलफलका क्रममा देउवाले नेतृत्व परिवर्तनको मागप्रति असन्तुष्टि जनाउँदै यस्तो धारणा राखेको स्रोतले जनाएको छ। महामन्त्री थापा र शर्माले संगठन सुदृढीकरण, नेतृत्व हस्तान्तरण र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन सभापतिको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्।

    देउवाले भने पार्टीलाई एकताबद्ध राख्न सबैले अनुशासन पालना गर्नुपर्नेमा जोड दिएका छन्। “पार्टीलाई कमजोर बनाउने गतिविधि स्वीकार्य हुँदैन,” देउवाको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने पार्टीभित्र खुला बहस र सुधार आवश्यक रहेको बताउँदै आएका छन्। उनीहरूले नेतृत्वप्रति आलोचना गरे पनि पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको सार्वजनिक रूपमा स्पष्ट पार्दै आएका छन्।

    नेपाली कांग्रेसभित्र नेतृत्व, कार्यशैली र आगामी महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको छ। देउवाको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको शक्ति संघर्ष थप सतहमा आएको विश्लेषकहरू बताउँछन्।पार्टी एकतामा रहने कि आन्तरिक द्वन्द्व अझ गहिरिने भन्ने प्रश्न अहिले कांग्रेसभित्र प्रमुख चासोको विषय बनेको छ।

    प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - १७:२०:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको