Logo

मंगलवार, श्रावण १२ गते २०८३

रास्वपा काठमाडौं–१ की उम्मेदवार रन्जु दर्शनाको बालेन शाहसँग भेटवार्ता, के के भयाे कुरा

रास्वपा काठमाडौं–१ की उम्मेदवार रन्जु दर्शनाको बालेन शाहसँग भेटवार्ता, के के भयाे कुरा

जोईन खबर

११, माघ २०८२
  • 550
    SHARES
  • रास्वपा काठमाडौं–१ की उम्मेदवार रन्जु दर्शनाको बालेन शाहसँग भेटवार्ता, के के भयाे कुरा

    ११ माघ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं–१ की उम्मेदवार रन्जु दर्शनाले आज पार्टीका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहसँग भेटवार्ता गरेकी छन्। उक्त भेटवार्ता काठमाडौंको ज्वागल क्षेत्रमा भएको बताइएको छ।भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचनको तयारी, पार्टीको रणनीति तथा काठमाडौं–१ क्षेत्रका मतदाताका समस्या र अपेक्षाबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

    images

    रन्जु दर्शनाले काठमाडौं–१ मा देखिएका मुख्य चुनौती, विकासका सम्भावना र जनताले खोजेको वैकल्पिक राजनीतिबारे बालेन शाहलाई जानकारी गराएकी थिइन्।त्यस अवसरमा बालेन शाहले रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिलाई अझ मजबुत बनाउन सबै उम्मेदवार एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। उनले पुराना राजनीतिक अभ्यासबाट आजित भएका नागरिकलाई आशा दिलाउने खालको काम र व्यवहार आवश्यक रहेको धारणा व्यक्त गरेको बताइएको छ।

    भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै रन्जु दर्शनाले पार्टीभित्र अनुभव र नयाँ सोचको संयोजनले चुनावी अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। उनले काठमाडौं–१ का मतदाताले वैकल्पिक शक्तिलाई सकारात्मक रूपमा हेरेको बताउँदै घरदैलो अभियानलाई तीव्र बनाइने जानकारी दिइन्।

    रास्वपाका नेताहरूबीचको यो भेटलाई आगामी निर्वाचनका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र आन्तरिक समन्वय र रणनीति निर्माणका लागि यस्ता छलफलले महत्वपूर्ण भूमिका खेल्ने नेताहरूको भनाइ छ।

    प्रकाशित मिति :माघ ११, २०८२ आइतवार - १६:३१:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको