Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुजुकी ग्राण्ड भिटारा ‘जेटा’ भेरियन्टको मासिक किस्ता ५७ हजार

सुजुकी ग्राण्ड भिटारा ‘जेटा’ भेरियन्टको मासिक किस्ता ५७ हजार

जोईन खबर

२६, बैशाख २०८०
  • 703
    SHARES
  • सुजुकी ग्राण्ड भिटारा ‘जेटा’ भेरियन्टको मासिक किस्ता ५७ हजार

    २६ बैशाख काठमाडौ। मारुती सुजुकीले टोयोटासँग मिलेर उत्पादन गरेको अल न्यू मोडल ग्राण्ड भिटाराको जेटा भेरियन्ट नेपालमा ६३ लाख ९९ हजार मूल्य तोकेर विक्री हुँदै आएको छ । यसलाई ग्राहकले मासिक ५७ हजार किस्ता तिर्नेगरी गरिद गर्न सक्नेछन् ।

    images

    विशेषगरी हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक, फक्सवागेन टाइगुन, निसान किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा हुने ग्राण्ड भिटाराको जेटा भेरियन्टमा कम्पनीले १ लाख नगद छुट दिदै आएको छ ।ग्राण्ड भिटारा स्मार्ट हाइब्रिड मोडलमा १४६२ सीसीको के१५सी माइल्ड हाइब्रिड पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १०३ पीएस पावर र १३७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो एसयूभीमा ५ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध छ ।

    माइल्ड हाइब्रिड टेक्नलोजी रहेको ग्राण्ड भिटारा एसयूभीमा १२ भोल्ट ६ एम्पियरको लिथियम आयोन व्याट्री रहेको छ । यो ब्याट्री रिजेनेरेटीभ ब्रेकिङ सिस्टमको माध्यमबाट आफैँ रिचार्ज हुन्छ । कम्पनीले यसमा आइडल स्टार्ट/स्टपको फङ्सन समेत उपलब्ध गराएको छ ।मारुती सुजुकीका अनुसार उक्त ब्याट्रीको सहायताले ६ देखि ७ प्रतिशतसम्म माइलेज बढाउन सकिन्छ । यसले प्रतिलिटर माइलेज २०.५ किलोमिटर दिने कम्पनीको दावी छ ।

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - ११:४७:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको