२६ बैशाख काठमाडौ।लोक सेवा आयोगको परीक्षार्थीका डाटा सुरक्षित नगर्नेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले माग गरेकी छन् ।प्रतिनिधि सभा बैठकमा उनले गएको मंसिर, पुस र माघ महिनामा लोक सेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क डाटा हराएको विषयमा त्यस्तो माग गरेकी हुन् ।
अहिलेसम्म डाटा रिकभर नभएर फेरि दरखास्त आह्वान गर्नु लाजमर्दो भएको उनले बताइन् ।युवाहरूको भविष्यसँग खेलबाड नगर्न र डाटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गर्न सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु । साथै, पटक–पटक परीक्षा तोकिने र सरिरहने समस्या अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछु,” उनले भनिन् ।