Logo

बुधवार, श्रावण १३ गते २०८३

गोरखामा २ हजार उद्योग सञ्चालन गर्ने कवीन्द्र बुर्लाकोटीको योजना

गोरखामा २ हजार उद्योग सञ्चालन गर्ने कवीन्द्र बुर्लाकोटीको योजना

जोईन खबर

४, फाल्गुण २०८२
  • 937
    SHARES
  • गोरखामा २ हजार उद्योग सञ्चालन गर्ने कवीन्द्र बुर्लाकोटीको योजना

    ४ फागुन गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले गोरखामा उद्योग विकासलाई प्राथमिकतामा राख्दै २ हजार उद्योग सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्।गोरखामा आयोजित चुनावी अभियानका कार्यक्रममा बोल्दै उनले स्थानीय रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणका लागि उद्योग स्थापना आवश्यक रहेको बताए। उनले भने, “युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न हामीले गोरखामै उद्योग खोल्ने वातावरण बनाउनुपर्छ, त्यसैले २ हजार उद्योग सञ्चालन गर्ने लक्ष्यसहित अघि बढिरहेका छौं।”

    images

    बुर्लाकोटीका अनुसार साना तथा मझौला उद्योग, कृषि–आधारित उत्पादन, पर्यटनसम्बन्धी व्यवसाय र स्थानीय स्रोतमा आधारित उद्यमलाई प्राथमिकता दिइनेछ। उनले उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार, सहुलियत कर्जा तथा तालिम व्यवस्थापनमा पहल गरिने बताए।

    उनले उद्योग स्थापना मात्र नभई स्थानीय जनशक्तिलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गर्ने योजना रहेको उल्लेख गरे। यसले जिल्लाको आर्थिक गतिविधि विस्तार भई आन्तरिक उत्पादनमा वृद्धि हुने विश्वास उनले व्यक्त गरे।रास्वपाले चुनावी अभियानमार्फत आर्थिक सुधार, सुशासन र पारदर्शितालाई मुख्य एजेण्डा बनाएको बताउँदै बुर्लाकोटीले मतदातालाई विकासमुखी कार्यक्रमलाई समर्थन गर्न आग्रह गरे।

    प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - १७:१६:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको