२६ बैशाख काठमाडौ। बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशत बढी हो।
चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५८ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५९ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो।समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५.२७ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी १४.८३ प्रतिशत बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेसँगै कम्पनीको वित्तीय आम्दानी बढेको हो।
