Logo

बिहिवार, श्रावण १४ गते २०८३

इम्पेरमेन्ट चार्ज बढेपछि डिप्रोक्सको नाफा घट्यो ?

इम्पेरमेन्ट चार्ज बढेपछि डिप्रोक्सको नाफा घट्यो ?

जोईन खबर

२६, बैशाख २०८०
  • 604
    SHARES
  • इम्पेरमेन्ट चार्ज बढेपछि डिप्रोक्सको नाफा घट्यो ?

    २६ बैशाख काठमाडौ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images

    खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.६२ प्रतिशत घटेको छ। 

    vvvv.png

    लघुवित्तको निष्क्रिय कर्जा ०.५९ प्रतिशतबाट बढेर ४.४९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ६६ पैसा घटेर २४ रुपैयाँ २५ पैसामा झरेको छ।

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १३:२४:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको