Logo

बिहिवार, श्रावण १४ गते २०८३

भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ :  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ :  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

जोईन खबर

२६, बैशाख २०८०
  • 625
    SHARES
  • भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ :  नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्मा

    २६ बैशाख काठमाडौ।  सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभई 'फायर' खोल्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । 

    images

    उहाँले सरकारले नक्कली भुटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै यसलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो। उहाँले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै दोषीलाई उम्किन दिनु नहुने बताउनुभयो । महामन्त्री शर्माले सरकारले ल्याएको भ्रष्टाचार नियन्त्रण ऐन २०५९ को संशोधनमा  भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हद म्यादको प्रस्ताव राख्नु शून्य सहनशीलताको नीतिसँग विरोधाभास हुने उल्लेख गर्नुभयो।भुटानी शरणार्थी सन्दर्भको जुन फाइल खोलिएको छ ।

    यसलाई सरकारले निष्कर्षमा पुर्‍याउनुपर्छ। भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन । मलाई लाग्छ राज्यले फायर खोल्नुपर्छ ।’’ बितेको १० वर्षमा अर्बौँको बेरुजु र भ्रष्टाचार मुलुकको सामु रहेको उहाँको भनाइ छ। नेता शर्माले बितेका दशकमा निरन्तरको व्यापार घाटा र खान पुग्नेसम्मको उत्पादन नभएको स्थिति रहेको बताउनुभयो । उहाँले मुलुकको व्यापार घाटा कम गर्न मुलुकमा उत्पादन र निर्यात बढाउन आवश्यक रहेको भन्दै सरकारले त्यही अनुसार नीति बनाउन आवश्यक रहेको बताउनुभयो। 

     

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १४:३३:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको