Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

नक्कली भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

जोईन खबर

२७, बैशाख २०८०
  • 580
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् :  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

    नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ ।बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताए । पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए ।जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न । 

    images

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेअहिलेसम्म भएका कारबाहीका प्रगति संसदलाई जनकारी गराउनुपर्यो भनेर माग राख्न चाहन्छौं ।अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताए 

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १२:४२:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको