Logo

बिहिवार, श्रावण १४ गते २०८३

खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्ने कुरा अब हुँदैनन्ः अर्थमन्त्री डा. प्रकाशशरण महत

खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्ने कुरा अब हुँदैनन्ः अर्थमन्त्री डा. प्रकाशशरण महत

जोईन खबर

२७, बैशाख २०८०
  • 586
    SHARES
  • खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्ने कुरा अब हुँदैनन्ः अर्थमन्त्री डा. प्रकाशशरण महत

    २७ बैशाख काठमाडौ। त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने र्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके वदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताए । उनले वैदेशिक लगानीका सीमाहरु फराकिलो बनाउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने बताए ।

    विदेशी सहयोग पनि निश्चित क्षेत्रमा जहाँ धेरै ठूलो माग छ, आयोजना कार्यान्वयनहरु जहाँ माग छ, उनीहरुको निश्चित क्षेत्रमा उनीहरुले खर्च गर्नेछन् । ति सीमाहरुका कारण हाम्रो राजश्व फराकिलो बनाउनुपर्ने आवश्यक्ता छ,’ उनले भने, ‘फराकिलो भनेको कागती निचारेझैँ निचोरेर त हुँदैन, त्यसकारण अर्थतन्त्रलाई नै चलायमान बनाउनु पर्छ ।

    संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राखेका थिए ।अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता देखिएको बताए ।

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १३:३२:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको