Logo

बिहिवार, श्रावण १४ गते २०८३

१२ करोडलाई हटाउन उद्योग वाणिज्य महासंघको माग !!!

१२ करोडलाई हटाउन उद्योग वाणिज्य महासंघको माग !!!

जोईन खबर

२७, बैशाख २०८०
  • 622
    SHARES
  • १२ करोडलाई हटाउन उद्योग वाणिज्य महासंघको माग !!!

    २७ बैशाख काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघले शेयर धितो कर्जाको एकल ग्राहक सीमा १२ करोडलाई हटाउन  माग गरेको छ ।  बुधबार पूर्व बजेटमाथि छलफल गर्दै महासंघले पुरानो कर बक्यौता फरफारक गर्न माग गरेको हो।

    images

     यसैगरी लेखांकन प्रयोजनका लागि आवश्यक न्यूनतम शुल्क लिई एक पटकको लागि सम्पत्ति अभिलेखिकरणको व्यवस्था गर्न महासंघले माग गरेको छ। जसअनुसार उद्योगी व्यवसायीले आर्जन गरेको सम्पत्ति अभिलेखिकरण हुनुपर्ने भनिएको छ।

    बढी बुझाएको कर समयमा सोझै करदाताको बैंक खातामा फिर्ता हुने व्यवस्थाको कार्यान्वयन गर्न समेत माग महासंघले गरेको छ। एक करोडसम्म कारोबार भएका सबै करदाताले कर विवरण बुझाउँदा लेखा परीक्षण गर्न नपर्ने व्यवस्था गर्दै मिसम्याच समायोजनको अवधि एक वर्ष थप्न माग गरिएको छ।जलविद्युत, खनिज, कृषि र पर्यटनजस्ता ५० करोड रुपैयाँभन्दा बढी लगानी तथा १०० जनाभन्दा बढी रोजगारी दिने उद्योगलाई व्यवसाय सञ्चालन भएको १० वर्षसम्म आय कर छुटको व्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ।

     

     

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १३:५३:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको