उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाली कांग्रेसका युवा नेताहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको अनुसन्धान अघि बढेकोमा उनीहरूले गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धतासमेत जनाए।केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रन्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गरेका हुन्।
नेता रञ्जित कर्णले भने।गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अघि बढ्ने विश्वास दिलाएका थिए।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत मुछिएका छन्।