२८ बैशाख काठमाडौ।अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ।अघिल्लो कारोबार दिन अर्थात बुधबार २.४३ अंक घटेर १८४१.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८८ अंक घटेर १८४०.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३३ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ७ स्टकको १ लाख ५६ हजार ६२० रुपैयाँ बराबरको ४२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।
प्रकाशित मिति :बैशाख २८, २०८० बिहिवार -
११:५६:२१ बजे