२९ बैशाख काठमाडौ।चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६६ प्रतिशत बढी हो।
आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यसे आम्दानी ४४ करोड २ लाख रुपैयाँ थियो।समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५०.०२ प्रतिशत बढेको छ भने कुल आम्दानी ५१.०४ प्रतिशत बढेको छ। कम्पनीको खर्च समीक्षा अवधिमा ३९.४२ प्रतिशत बढेको छ।नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ।
