Logo

शुक्रवार, भाद्र २६ गते २०८३

सुलिकोट बहुउद्देश्यीय सहकारीको वार्षिक उपलब्धि समीक्षा कार्यक्रम भोली देखि, विभिन्न सेवा केन्द्रमा समीक्षा बैठक हुने

सुलिकोट बहुउद्देश्यीय सहकारीको वार्षिक उपलब्धि समीक्षा कार्यक्रम भोली देखि, विभिन्न सेवा केन्द्रमा समीक्षा बैठक हुने

जोईन खबर

२२, श्रावण २०८३
  • 1.3K
    SHARES
  • सुलिकोट बहुउद्देश्यीय सहकारीको वार्षिक उपलब्धि समीक्षा कार्यक्रम भोली देखि, विभिन्न सेवा केन्द्रमा समीक्षा बैठक हुने

    २२ साउन काठमाडौँ । सुलिकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन, वित्तीय अवस्था, सेवा केन्द्रगत उपलब्धि, समस्या, चुनौती तथा आगामी आर्थिक वर्षको कार्ययोजनाबारे समीक्षा गर्न भोली साउन २३ गतेदेखि विभिन्न स्थानमा वार्षिक उपलब्धि समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ।

    images

    संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार समीक्षा कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, सेवा केन्द्र तथा टोल सहयोग समिति, विभिन्न उपसमिति, कर्मचारी, सम्बन्धित सेवा केन्द्रका शेयर सदस्य तथा सरोकारवालाहरूलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ।

    कार्यक्रमको पहिलो चरण साउन २३ गते बिहान ११:०० बजे काठमाडौंको ढुङ्गेधारास्थित च्छोरोल्पा बैंकेट मा सञ्चालन हुनेछ। त्यसपछि साउन ३० गते बिहान ११:०० बजे देउराली सेवा केन्द्र तथा सोही दिन दिउँसो २स्३० बजे ताकुकोट सेवा केन्द्र मा समीक्षा कार्यक्रम आयोजना गरिनेछ।

    त्यसैगरी साउन ३१ गते बिहान ११:०० बजे सौरपानीस्थित मुख्य कार्यालय मा कार्यक्रम हुनेछ भने भदौ १ गते बिहान ११:०० बजे बारपाक सेवा केन्द्र मा अन्तिम समीक्षा कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ।

    समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति तथा उपलब्धिको प्रस्तुतीकरण, वित्तीय, प्रशासनिक तथा सेवा केन्द्रगत कार्यसम्पादनको समीक्षा, संस्थाले भोगेका समस्या तथा चुनौतीबारे छलफल, सुधारका सुझाव संकलन तथा आगामी आर्थिक वर्षको कार्ययोजना र लक्ष्य निर्धारणका विषयमा विस्तृत छलफल गरिनेछ।

    संस्थाले समीक्षा कार्यक्रममार्फत सेवा केन्द्रहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति तयार गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, शेयर सदस्य र सरोकारवालाबाट प्राप्त सुझावलाई संस्थाको भावी योजना तथा नीतिमा समेटिने विश्वास व्यक्त गरिएको छ। सुलिकोट बहुउद्देश्यीय सहकारीले सम्बन्धित सबै पक्षलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

    प्रकाशित मिति :श्रावण २२, २०८३ शुक्रवार - ११:२७:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको