Logo

बिहिवार, श्रावण १४ गते २०८३

पूर्व गृहमन्त्री खाँणको मोबाइल फर्म्याट भएको रिकभरीका लागि प्रयोगशाला पठाइयो !

पूर्व गृहमन्त्री खाँणको मोबाइल फर्म्याट भएको रिकभरीका लागि प्रयोगशाला पठाइयो !

जोईन खबर

२९, बैशाख २०८०
  • 640
    SHARES
  • पूर्व गृहमन्त्री खाँणको मोबाइल फर्म्याट भएको रिकभरीका लागि प्रयोगशाला पठाइयो !

    २९ बैशाख काठमाडौ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणको मोबाइल चेक गर्दा मोबाइल फर्म्याट भएको पाइएको हो ।बुधबार आफ्नै निवासबाट पक्राउ परेका खाँणको साथबाट बरामद गरिएको मोबाइलको डेटा अनुसन्धान गर्दा मोबाइल फर्म्याट भएको खुलेको थियो 

    images

    खाँणको मोबाइल फर्म्याट हुनुले ठगीमा उनको पनि संलग्नता छ भन्ने आशंका गर्ने थुप्रै ठाउँ छोडेको छ ।डेटा रिकभरी गर्दा उक्त प्रकरणमा पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीको संलग्नताको थप प्रमाण फेला परेको थियो ।

    पक्राउ परेका सचिव पाण्डेको मोबाइलमा खाँणले पठाएको म्यासेज भेटिए पनि सोही म्यासेज खाँणको मोबाइलमा नभेटिएपछि प्रहरी उनको मोबाइल फर्म्याट भएको निश्कर्षमा पुगेको हो ।प्रहरीले खाँणले प्रयोग गर्ने ‘सिम’को सिडिआर (कल डिटेल) भने यसअघि नै निकालिसकेको छ । उक्त सिडिआरमा खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुसँग पटक–पटक संवाद गरेको पाइएको थियो ।

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - ११:५२:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको