Logo

शुक्रवार, भाद्र २६ गते २०८३

भासिएको सडक मर्मतपछि आजदेखि घ्याम्पेशाल–पाल्खु सडकमा सवारी सञ्चालन गर्ने तयारी

भासिएको सडक मर्मतपछि आजदेखि घ्याम्पेशाल–पाल्खु सडकमा सवारी सञ्चालन गर्ने तयारी

जोईन खबर

२५, श्रावण २०८३
  • 451
    SHARES
  • भासिएको सडक मर्मतपछि आजदेखि घ्याम्पेशाल–पाल्खु सडकमा सवारी सञ्चालन गर्ने तयारी

    २५ साउन काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–स्थित पन्द्रुङमा भासिएको सडक मर्मत गरी आजदेखि सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ। घ्याम्पेशाल–पाल्खु सडकखण्डका विभिन्न स्थानमा सडक भत्किएर तथा भासिएर यातायात सञ्चालनमा समस्या भएपछि सडकलाई अस्थायी रूपमा मर्मत गरिएको हो। विशेषगरी पन्द्रुङ क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको थियो।

    images

    सडक मर्मतका लागि भासिएको तथा भत्किएको स्थानमा आवश्यक सामग्री प्रयोग गरी अस्थायी रूपमा सडक सञ्चालनयोग्य बनाइएको बताइएको छ। मर्मतपछि आजदेखि उक्त सडकखण्डमा सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ।

    वर्षाका कारण घ्याम्पेशाल–पाल्खु सडकखण्डका ठाउँ–ठाउँमा सडक भत्किने र पहिरो जाने समस्या देखिएको छ। तत्कालका लागि अस्थायी मर्मत गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिए पनि सडकको दीर्घकालीन समाधानका लागि थप काम आवश्यक देखिएको छ।

    सडक नियमित रूपमा सञ्चालनमा आएपछि बारपाक सुलिकोट गाउँपालिकाका साथै आसपासका क्षेत्रका स्थानीयलाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :श्रावण २५, २०८३ सोमवार - १०:१९:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको