Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविबीच भेटवार्ता !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविबीच भेटवार्ता !

जोईन खबर

२९, बैशाख २०८०
  • 658
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविबीच भेटवार्ता !

    २९ बैशाख काठमाडौ।प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न लामिछानेले आज बिहान साढे ८ बजे बालुवाटार पुगेका हुन् ।भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिदै सरकारले गरेको राम्रो कामलाई पार्टीले सहयोग गर्ने बताएका छन् ।

    images

    प्रधानमन्त्रीले लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए । भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउनसमेत लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। रास्वपाले वैशाख २२ गते मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १३:१८:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको