Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच वार्ता, यी विषयमा भयो कुराकानी

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच वार्ता, यी विषयमा भयो कुराकानी

जोईन खबर

१५, चैत्र २०७८
  • 1.1K
    SHARES
  • नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच वार्ता, यी विषयमा भयो कुराकानी

    परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग मंगलवार भेटवार्ता गरेका छन्। 

    images

    बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकका क्रममा खड्काले भारतीय समकक्षीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता गरेका हुन्। 

    बिमस्टेक बैठकको साइडलाइनमा दुई परराष्ट्रमन्त्रीबीच वार्ता भएको हो। 

    यो वार्तामा यही चैत १८ गतेदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    भेटबारेमा एस जयशंकरले पनि पुष्टि गरेका छन्। उनले कनेक्टिभिटी, ऊर्जा, रासायनिक मल, स्वास्थ्य र बिजुलीमा आपसी सहयोगबारे कुरा भएको जानकारी दिएका छन्। 

    दुई समकक्षीबीचको भेटमा रामायण सर्किटको प्रगतिबारे ध्यान दिने विषयमा पनि सहमति भएको जयशंकरले उल्लेख गरेका छन्। 

    यो बैठकलाई प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्दैछन्। गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवा ती नदिने औपचारिक भ्रमणका क्रममा पहिलो पटक भारत जाँदैछन्। 

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १३:५८:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको