Logo

बिहिवार, श्रावण १४ गते २०८३

बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने अडानमा : नेपाली कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने अडानमा : नेपाली कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

जोईन खबर

२९, बैशाख २०८०
  • 658
    SHARES
  • बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने अडानमा   : नेपाली कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

    २९ बैशाख काठमाडौ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गरेर जानुपर्ने विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबारको बैठकमा पनि अडान राखेका छन्।

    images

    धुम्बाराहीमा बिहीबार दिउँसो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा महामन्त्रीद्वयले खाणलाई निलम्बन गर्नुपर्ने भनेर राखेको अडानमा उपसभापति धनराज गुरूङले पनि साथ दिएका छन्।बुधबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा पनि महामन्त्रीद्वयले खाणलाई निलम्बन गर्नुपर्ने बताएका थिए

    महामन्त्री थापाका कुरामा उपसभापति गुरूङ र अर्का महामन्त्री शर्माले समर्थन जनाए।हामीले हाम्रो कुरा व्यक्ति र सांसदका रूपमा पनि बोलेका छौं,' थापाले भनेका थिए, 'पार्टी केन्द्रीय समिति बैठक केही दिनभित्र त बस्नैपर्छ।कांग्रेस विधानअनुसार केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिले मात्रै आधिकारिक निर्णय गर्न सक्छ।नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र पार्टीले अनुसन्धानलाई सहयोग गर्ने उनको भनाइ थियो।

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १५:३६:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको