Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेसको पालिका अधिवेशन आज, देशभर ३ हजार ७ सय ६५ पदाधिकारी चयन हुँदै

कांग्रेसको पालिका अधिवेशन आज, देशभर ३ हजार ७ सय ६५ पदाधिकारी चयन हुँदै

जोईन खबर

७, आश्विन २०८३
  • 295
    SHARES
  • कांग्रेसको पालिका अधिवेशन आज, देशभर ३ हजार ७ सय ६५ पदाधिकारी चयन हुँदै

    ७ भदौ काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहमा पार्टीको सांगठनिक संरचना निर्माण गर्ने क्रममा हुन लागेको अधिवेशनबाट देशभरका पालिकामा नयाँ नेतृत्व चयन गरिने भएको छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा समेत मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

    images

    त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको छ।निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्राकृतिक विपत्तिका कारण प्रभावित जिल्लाको अवस्थालाई ध्यानमा राखेर अधिवेशनको मिति समायोजन गरिएको हो।

    images
    images
    images

    नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ।त्यस्तै, कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने प्रावधान रहेको छ।

    कांग्रेसका अनुसार देशभरका पालिका अधिवेशनबाट पाँच पदाधिकारीका दरले कुल ३ हजार ७ सय ६५ जना नेतृत्वमा आउनेछन्। पालिका तहमा नयाँ नेतृत्व चयन भएसँगै पार्टीको स्थानीय तहको संगठनात्मक संरचना थप व्यवस्थित हुने कांग्रेसले जनाएको छ।

    पालिका अधिवेशनपछि कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका थप सांगठनिक प्रक्रिया अघि बढ्नेछन्। अधिवेशनले स्थानीय तहमा पार्टी संगठनलाई सक्रिय बनाउँदै आगामी राजनीतिक गतिविधिका लागि नयाँ नेतृत्व स्थापित गर्नेछ।

    प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - ११:२८:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको