Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कतारमा दसैँ–तिहारको रौनक बढाउँदै गण्डकी प्रदेश समन्वय परिषद्, नोभेम्बर ६ मा बृहत् सांस्कृतिक कार्यक्रम

कतारमा दसैँ–तिहारको रौनक बढाउँदै गण्डकी प्रदेश समन्वय परिषद्, नोभेम्बर ६ मा बृहत् सांस्कृतिक कार्यक्रम

जोईन खबर

१०, कार्तिक २०८३
  • 220
    SHARES
  • कतारमा दसैँ–तिहारको रौनक बढाउँदै गण्डकी प्रदेश समन्वय परिषद्, नोभेम्बर ६ मा बृहत् सांस्कृतिक कार्यक्रम

    ९ कार्तिक दोहा, कतार। गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना हुने भएको छ।

    images

    ‘हाम्रो अभिमान, समृद्ध गण्डकी प्रदेश’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रम आगामी नोभेम्बर ६ तारिख शुक्रबार कतारको अल वुखैरस्थित DPS Monarch International School सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ।

    images
    images
    images

    नेपाली कला, संस्कृति, मौलिक परम्परा तथा सांगीतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड ‘लोकाली (LEKALI)’

    को विशेष प्रस्तुति रहनेछ। ब्यान्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न सांस्कृतिक कार्यक्रममार्फत नेपाली मौलिक कला र संस्कृतिलाई कतारमा रहेका नेपाली समुदायमाझ प्रस्तुत गरिने आयोजकले जनाएको छ।

    कार्यक्रमलाई सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवासँग समेत जोड्ने लक्ष्य लिइएको छ। गण्डकी प्रदेश समन्वय परिषद्, कतारको पहलमा श्रमिक कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य पनि कार्यक्रमले अघि सारेको छ। उक्त कोषमार्फत कतारमा कार्यरत नेपाली श्रमिकहरूको हित, सहयोग तथा कल्याणका क्षेत्रमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    विदेशमा रहेर पनि नेपाली चाडपर्व, कला, संस्कृति र परम्परालाई जीवन्त राख्नुका साथै नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। विभिन्न जिल्ला तथा सामाजिक संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रमले कतारमा रहेका नेपालीहरूलाई एउटै मञ्चमा जोड्ने विश्वास आयोजकले लिएको छ।

    गण्डकी प्रदेश समन्वय परिषद्, कतारले कतारमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक उत्सवमा सहभागी हुन तथा कार्यक्रम सफल बनाउन सहयोग गर्न आह्वान गरेको छ।

    कार्यक्रमको मुख्य प्रायोजकमा Victoria Gold and Diamonds रहेको छ भने गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला तथा सामाजिक संस्थाहरू सहआयोजकका रूपमा रहेका छन्।

    नेपाली चाडपर्वको उल्लास, मौलिक संस्कृतिको प्रवर्द्धन, सांगीतिक मनोरञ्जन र श्रमिक कल्याणको उद्देश्यलाई एकै ठाउँमा समेट्न लागिएको यस कार्यक्रमले कतारस्थित नेपाली समुदायमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १०:४१:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको