Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बाढीले क्षतिग्रस्त माथिल्लो माछाखोला जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

बाढीले क्षतिग्रस्त माथिल्लो माछाखोला जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

जोईन खबर

१०, कार्तिक २०८३
  • 286
    SHARES
  • बाढीले क्षतिग्रस्त माथिल्लो माछाखोला जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

    ९ कार्तिक गोरखा । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन सुरु गरेको छ।

    images

    गत असोज ११ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण आयोजनाको विद्युत प्रसारण लाइनका टावरहरूमा क्षति पुगेपछि विद्युत उत्पादन तथा प्रसारण प्रभावित भएको थियो। क्षतिग्रस्त टावरहरूको मर्मतसम्भार कार्य सम्पन्न भएसँगै आयोजनाबाट पुनः विद्युत प्रसारण सुरु गरिएको कम्पनीले जनाएको छ।

    images
    images
    images

    कम्पनीका अनुसार २०८३ कार्तिक ८ गते बिहान ११ बजेर ८ मिनेटदेखि आयोजनाको विद्युत प्रसारण पुनः सञ्चालनमा आएको हो।

    बाढीका कारण क्षति पुगेका प्रसारण लाइनका संरचनाहरूको मर्मतसम्भार सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा आएको हो। यससँगै आयोजनाबाट उत्पादित विद्युत पुनः प्रसारण प्रणालीमा जोडिएको छ।

    ४.५५ मेगावाट क्षमताको यस आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएसँगै बाढीका कारण अवरुद्ध भएको विद्युत प्रसारण सेवा सामान्य अवस्थामा फर्किएको कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १२:३४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको