Logo

मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेस संस्थापनइतरका चार निष्कर्ष (निष्कर्षसहित)

कांग्रेस संस्थापनइतरका चार निष्कर्ष (निष्कर्षसहित)

जोईन खबर

१५, चैत्र २०७८
  • 802
    SHARES
  • कांग्रेस संस्थापनइतरका चार निष्कर्ष (निष्कर्षसहित)

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सभापति शेरबहादुर देउवा ४० प्रतिशत मतलाई बेवास्ता गर्दै एकलौटी अघि बढ्न खोजेको निष्कर्ष निकालेको छ ।

    images

    देउवाले नेविसंघ र तरण दलको नेतृत्व एकलौटी बनाएपछि सोमबार कोइराला पक्षका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले खबरदारी सभा गरेका थिए ।

    त्यसको समीक्षा गर्न मंगलबार कांग्रेस महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा बैठक नेविसंघ पूर्वअध्यक्ष रञ्जीत कर्णले जानकारी दिए । कर्णका अनुसार समीक्षा बैठकले चारवटा निष्कर्ष निकालेको छ ।

    यी हुन् चार निष्कर्ष– 

    १. १४औँ महाधिवेशनमा प्राप्त ४० प्रतिशतभन्दा बढी मतलाई सभापतिले बेवास्ता गरेर एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था बन्यो ।

    २. संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरूलाई नसमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गर्नुको विकल्प हुँदैन । 

    ३. भातृसंस्थालगायत आउँदो तीनै तहका निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्यवस्थापन नगर्ने हो भने चुनाव जित्ने होइन, पार्टीभित्रै विद्रोह हुने अवस्था छ । 

    ४. सभापति चरम गुटबन्दीमा लागेका छन् । सभापति देउवाले पार्टीभित्रको अपोजिसनलाई कमजोर पार्न बूढा नेताहरूको गठजोड तयार पारिरहेका छन् ।

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १४:१९:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको